विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र शासनपद्धति मात्र नभइ जीवन पद्धति बनिसकेको बताएकी छन् । विराटनगरमा शुक्रबारबाट सुरु स्थानीय तह उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘हामीले प्राप्त गरेको लोकतन्त्र केवल साशन प्रणाली मात्र नभइ अब एउटा जीवन पद्धतिको रुपमा विकसित भएको छ, उनले भनिन्,‘ गणतन्त्रको जगमा हामीले विकास निर्माणलाई तिब्रता दिएर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध पार्न सक्छौं ।’
मुलुकमा सुशासन र पारदर्शीता आम चासो भएको बताउँदै उनले यसमा ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्,‘ पटकपटक जनअनुमोदित भइसकेको गणतान्त्रिक प्रणालीले अवलम्बन गरेका विकास र जनसेवाका आधार भनेको स्थानीय तहहरु हुन् ।
महिलाले नेतृत्वले स्थानीय तहमा खेलेको भूमिकाले लोकतन्त्रलाई अझ सुदृढ बनाइरहेको उनले बताइन् । पछिल्लाे निर्वाचनले गठबन्धनको कारण महिला नेतृत्वमा कमी देखिएको उनकाे भनाइ छ । राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्य र समावेशिताको संरक्षण गर्न महिला नेतृत्वमा ध्यान दिन आवश्यक रहेको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति चीन भ्रमणबाट स्वदेश फिर्ता
पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
नेपालले आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन: पूर्वराष्ट्रपति भण्डारी