इनरुवा । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा पाँच करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।
सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व संकलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।
चालु आवको साउनमा ४७ लाख ३४ हजार ४६९, भदौमा ६१ लाख पाँच हजार ५०२, असोजमा ३२ लाख ९ हजार ५३६, कात्तिकमा ३६ लाख ३७ हजार २०७, मङ्सिरमा ५२ लाख ९१ हजार ५६४, पुसमा रु ७१ लाख ६८ हजार २९८, माघमा रु ४० लाख ३२ हजार ६५५ राजस्व संकलन भएको छ ।
त्यसैगरी, फागुनमा ४२ लाख ९५ हजार ६७२, चैतमा ३४ लाख ५५ हजार ५०५, वैशाखमा ४७ लाख एक हजार ३८७ र जेठमा ३५ लाख ६५ हजार ५५० गरी जम्मा पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व
यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो
बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन