काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयन गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र ‘माइलस्टोन’ बीच तादात्म्यता मिलाइ कार्ययोजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य सुरु भएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश कार्यक्रम तथा आयोजनाका लागि खरिद सम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिए । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।
मुख्यसचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन थप ऐन कानुन जरुरी नभएको उल्लेख गर्दै बजेटमा भए अनुसार खरिदका लागि तयारी प्रक्रिया अघि बढाउँदा हुने धारणा व्यक्त गरे । बैठकमा चालु आवको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो ।
बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमका सम्बन्धमा रकमान्तर लगायत विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए ।
उनले स्रोत सहमति भएका र कागजात पूरा भएका आयोजना तथा कार्यक्रमका सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारको दिन पनि काम गर्ने बताउँदै प्रक्रिया पुगेका र हुन सक्ने काममात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवलाई अनुरोध गरे ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका सचिव उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु