कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना सवार मोटरसाइकल दुर्घटनामा अन्य दुई घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–१ को भालुफटामा आज बिहान साढे ३ बजे से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए ।अवस्थीका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।मोटरसाइकल चालक र पछाडि सवार अर्का व्यक्ति घाइते छन् । पछाडि सवार घोडाघोडी–२ बस्ने २२ वर्षीय अर्जुन चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक घोडाघोडी–३ का २१ वर्षीय शङ्कर चौधरीको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको डीएसपी अवस्थीले बताए । चौधरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा काँग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो