काठमाडौं। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बैंकको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।ज्ञवालीलाई आजदेखि नै लागु हुनेगरी ४ वर्षको लागि सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ । यसअघि उनी बैंकको कामु सीइओको रूपमा थिए ।
चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली २०७७ जेठमा नायव महाप्रबन्धकको रूपमा बैंक प्रवेश गरेका थिए । त्यसपछि महाप्रबन्धक, डेपुटी सीईओ, सिनियर डेपुटी सीईओ हुँदै कामु सिईओ भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
महिलाहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिका लागि नबिल बैंकले गर्यो मार्च महिनामा ७ कार्यक्रम
नबिल बैंकबाट सीईओ ज्ञानेन्द्र ढुंगानाले दिए राजीनामा
नबिल बैंकको कल सेन्टरमा अब नि:शुल्क सम्पर्क गर्न सक्ने
नबिल बैंक आठौंपटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
२५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक