काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२८ बस्ने ४६ वर्षीय प्रवीणकुमार शाह र काठमाडौँ महानगरपालिका(११ बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–४ घर भएकी ३२ वर्षीया प्रतिज्ञा बुढामगर रहेका छन् ।
पक्राउ मध्ये प्रवीणले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख १८ हजार रुपैयाँ र प्रतिज्ञाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमबार प्रवीणलाई काठमाडौँ महानगरपालिका–२३ वसन्तपुरबाट र प्रतिज्ञालाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ