काठमाडौं । २६ लाख रुपैयाँ बराबरका सुनका गहना ठगेर फरार भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ३८ वर्षीय दानबहादुर तामाङ र २६ वर्षीय दानबहादुर तामाङ छन् ।
उनीहरूले २६ लाख रुपैयाँ बराबरका सुनका गरगहना ठगी गरेको आरोप छ । काठमाडौंका विभिन्न स्थानका सर्वसाधारणलाई ठगेको प्रहरीको भनाइ छ ।
आफूहरू विदेशबाट भर्खरै आएको बताउँदै उनीहरूले विदेशी मुद्रा साट्न सहयोग गरे रकम दिने भन्दै झुक्याएर गहना लिएर भाग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।परिसरले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ