काठमाडौं । २६ लाख रुपैयाँ बराबरका सुनका गहना ठगेर फरार भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ का ३८ वर्षीय दानबहादुर तामाङ र २६ वर्षीय दानबहादुर तामाङ छन् ।
उनीहरूले २६ लाख रुपैयाँ बराबरका सुनका गरगहना ठगी गरेको आरोप छ । काठमाडौंका विभिन्न स्थानका सर्वसाधारणलाई ठगेको प्रहरीको भनाइ छ ।
आफूहरू विदेशबाट भर्खरै आएको बताउँदै उनीहरूले विदेशी मुद्रा साट्न सहयोग गरे रकम दिने भन्दै झुक्याएर गहना लिएर भाग्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।परिसरले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूलाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ