काठमाडौँ । राजतन्त्र पुनःस्थापनाको मागसहित सुरु गरिएको आन्दोलनको पहिलो चरण मंगलबार सम्पन्न भएको घोषणा गरिएको छ। संयुक्त जनआन्दोलन समितिको आह्वानमा एक साता अघि सुरु भएको आन्दोलन सरकारको हस्तक्षेप र दमनका बाबजुद उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकहरूको दाबी छ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनमा सहभागी सम्पूर्ण "स्वाभिमानी नेपाली नागरिक"प्रति आभार व्यक्त गरिएको छ। विज्ञप्तिमा आन्दोलनप्रति देखाइएको समर्थनलाई ऐतिहासिक उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाइएको छ।
प्रथम चरणको आन्दोलनको समीक्षा तथा दोस्रो चरणको रणनीति तय गर्न समितिले जेठ २१ गते बुधबार दिउँसो २ बजे नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा बैठक बोलाएको छ। उक्त बैठकमा समितिमा आवद्ध ४४ वटा राजनीतिक दल, अभियान र समूहका प्रतिनिधिहरू सहभागी हुने सुवेदीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पानी बाँड्न हिँडेका सुधन गुरुङले सरकार कब्जा गरेको स्वतन्त्र जेनजी नेपालको आरोप
२४ गतेको विध्वंस, उग्र बनाउने पत्रकार, कलाकार देखि जेनजी अगुवा विरुद्ध किटानी जाहेरी
निकोलस भुसालले गाँजा सेवन गरेको मेडिकल रिपोर्ट, सुधार केन्द्र पठाइयो
आन्दोलनका क्रममा भएको क्षतिको कूल बीमा दाबी रकम २३ अर्ब
जेनजी आन्दोलनमा लुटपाटसँगै आगजनी गर्नेलाई कारबाही गर्न तीन निजी क्षेत्रका संगठनको माग
नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा