नाउपाका बाँके अध्यक्ष चन्तराम थारू कांग्रेसमा

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०८२, १५ : ३३
नाउपाका बाँके अध्यक्ष चन्तराम थारू कांग्रेसमा

काठमाडौं। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बाँके जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनका क्रममा नाउपा बाँकेका अध्यक्ष चन्तराम थारू कांग्रेस आएका हुन् ।

थारूलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरे । नाउपा अध्यक्ष थारूलगायत थुप्रै कार्यकर्ता कांग्रेस प्रवेश गरेका जनाइएको छ । कांग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलन नेपालगञ्जमा जारी छ । 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस