काठमाडौँ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई सदनमा आफ्ना कुरा राख्ने वातावरण बनाइदिन विपक्षी दलहरूसँग आग्रह गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले राजीनामा मागेर सदन अवरुद्ध गर्दै आएका छन्।
गृहमन्त्री लेखकले सदनमा बोल्न सभामुखसँग पटकपटक समय मागे पनि अवरोधका कारण उनले अवसर पाएका छैनन्। सभामुख घिमिरेले सदन सुचारु गर्न आज बिहानैदेखि पहल थालेका थिए। उनले विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेर सत्ता र विपक्षी दलहरूको संयुक्त बैठक बोलाएका थिए।
बैठकमा सभामुखले ‘पहिले गृहमन्त्रीका कुरा सुनौं, त्यसपछि थप छलफल गरौंला’ भन्दै प्रस्ताव राखेपछि विपक्षी दलहरूले यस विषयमा थप छलफल गर्ने बताएर निस्किएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख