काठमाडौं । प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । संसद भवनस्थित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो ।
बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा राप्रपा भने सहभागी छैन ।बैठकमा आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलको भूमिकाबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।
आजको संसद बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफल हुने कार्यसूची छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आजको संसद बैठक अवरुद्ध पार्ने तयारीमा प्रतिपक्षी दलहरु छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति
रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक जारी
संसद अधिवेशन बोलाउन संयुक्तरुपमा दबाब दिने प्रतिपक्षी दलहरूको निर्णय