काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिए ।
उक्त कार्यक्रमका लागि सहमहामन्त्री विपिनकुमार आचार्यलाई आयोजक समितिको संयोजक तोकेको छ । यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न कार्यक्रमहरू गरेर स्थापना दिवस मनाउने निर्णय गरेको छ । सहकारी रकम अपचलनमा कहीँ कतै संलग्नता नभएका पार्टी सभापति रवि लामिछानेलाई झुठा मुद्दा लगाइएकोसमेत सो पार्टीले ठहर गरेको छ ।
बैठकमा प्रदेश इञ्चार्जहरू सन्तोष परियार (कोसी), मनिष झा (मधेस), लिमा अधिकारी (बागमती), शिशिर खनाल (गण्डकी), विपिनकुमार आचार्य (लुम्बिनी), गणेश पराजुली (कर्णाली) र हरि ढकाल (सुदूरपश्चिम) ले पार्टीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति