काठमाडौँ । अर्थविद् डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ ।
गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट अधिवक्तात्रयले दायर गरेको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधनविरुद्धको रिटसँगै राखिएको छ । गत वैशाख २ गते सो मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।
गभर्नर पौडेलविरुद्धको रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको छ । पौडेलको नियुक्ति बदरको मागसहित तत्काल नोटमा हस्ताक्षर रोक लगाउन अन्तरिम आदेशको माग अधिवक्तात्रयले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीकर्ताहरूले सेयर बजार सुधार्न गभर्नरलाई भेटेर दिए ६ सुझाव
बैंकिङ क्षेत्र सुधार कार्यदलले गभर्नरलाई बुझायो प्रतिवेदन
अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाएको छौँ : गभर्नर पौडेल
गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमा आज पेसी