काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारले जेठ १५ गते संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे धारणा सार्वजनिक गरेको छ ।आइतबार अध्यक्ष चित्रबहादुर केसीले १७ बुँदामा मोर्चाको धारणा सार्वजनिक गरेका हुन् ।
केसीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकारले बजेट मार्फत स्वदेशी पुँजी विदेश पलायनका लागि वैधानिकता दिएको बताएका छन् ।
‘नेपाली पुँजीपतिहरूले विदेशमा लगानी गर्न पाउनसमेत छुट दिएको छ । हाम्रो जस्तो अल्पविकसित र गरिब मुलुकका लागि यो नीति घातकसिद्ध हुनेछ’, जनमोर्चाले विज्ञप्तिमा भनेको छ ।
त्यस्तै नेपालको राष्ट्रिय पुँजी विदेश पलायन वा विदेशमा लगानीको बाटो खोलिदिँदा राष्ट्रिय पुँजीको निर्माणमा बाधा पुग्ने र त्यसबाट समाजवाद उन्मुख अर्थतन्त्रको उद्देश्यको कार्यान्वयन पछाडि पर्ने जनमोर्चाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो : जनमोर्चा
नीति तथा कार्यक्रममा स्पष्ट नभएको जनमोर्चाको टिप्पणी
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम, कारण यस्तो
जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने
विपद् पूर्वतयारीमा सरकारको चरम लापरवाही देखियो: जनमोर्चा