एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सहकार्य

सफल खबर संवाददाता

आइतबार, १८ जेठ २०८२, ११ : ०२
एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सहकार्य

काठमाडौं। एनएमबि बैंक लिमिटेड र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट प्रदान गर्नेगरी सम्झौता भएको छ ।

सम्झौता अनुसार एनएमबि बैंकका ग्राहकले हिल्टन काठमाडौं होटलमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम केडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने बैंकले विश्वास लिएको जनाएको छ । 

 

 

 

 

 

 

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री दीगो सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरण एनएमबि बैंककोवेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ । 

 

 

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटीएम बुथ र ९ विस्तारित काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस