काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा शनिबार राति प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको ककनी गाउँपालिका- १ की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मकवानपुरको चित्लाङबाट काठमाडौँ आउँदै गरेको मोटरसाइकल शनिबार राति पौने ८ बजे दुर्घटना भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक ककनीकै मानबहादुर बलामी घाइते भएका छन्। उनको एपीएफ अस्पतालमै उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते