काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।
पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक सुरु भएको हो। हाल जारी राजावादी आन्दोलनको समीक्षा गर्न तथा भावी रणनीति तय गर्न बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकमा हाल भइरहेका प्रदर्शन, नारायणहिटीलगायत निषेधित क्षेत्रहरूमा गरिएको प्रशासनिक निर्णय, राप्रपाको राजनीतिक भूमिका तथा आगामी आन्दोलनका कार्यक्रमहरूबारे छलफल हुने बताइएको छ।
पार्टी स्रोतका अनुसार बैठकमा आन्दोलनको मूल्याङ्कन गर्दै आगामी रणनीति तय गर्ने र सम्भावित संघर्षका कार्यक्रमहरू तय गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग