चितवन । नेपाल र भारतका विज्ञबीच कुखुरापालन व्यवसायबारे ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयक छलफल भएको छ।
भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा दुबै देशका सात विज्ञले कार्यपत्र प्रस्तुत गरे। कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. डा. सुविर सिंहका अनुसार भारतका पाँच र नेपालका दुई पोल्ट्री विज्ञले आ–आफ्नो विषयमा कार्यपत्र प्रस्तुत गरे।
‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चितताबीचको सम्भावना’ विषयमा डा. दिनेश गौतम र प्रा. डा. सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गरे।
प्रा. डा. ए. एस. राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावबारे, डा. विजयकुमार श्रेष्ठ र प्रा. डा. रेवन्तकुमार भट्टराईले सङ्क्रामक रोग व्यवस्थापनबारे जानकारी दिए।
डा. सन्तोष एम. आइरेले पोल्ट्री फार्ममा पानी व्यवस्थापनको महत्व र भारतको सेपिएन्स ग्रुपका प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट उत्पादन र व्यवस्थापन प्रभावकारी बनाउन सकिने विषयमा प्रस्तुति दिए।
विहार पोल्ट्री किसान महासङ्घका डा. पवनकुमारले त्यहाँको पोल्ट्री अभ्यासबारे अनुभव साटे। कार्यक्रममा नेपाल–भारत सहकार्य, नीति समन्वय, प्रविधि हस्तान्तरण र संयुक्त अनुसन्धानका सम्भावनाबारे समूहगत छलफल पनि भयो।
कार्यक्रममा पोल्ट्री महासङ्घ, पोल्ट्री इण्डिया र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रतिनिधिहरुले धारणा राखे। प्रा. डा. सिंहका अनुसार कार्यपत्र र छलफलले विज्ञबीच ज्ञान र अनुभव आदानप्रदान गर्न मद्दत पुगेको छ। सीमा क्षेत्रमा देखिएको पोल्ट्रीजन्य सामग्रीको व्यापार समस्या समाधानमा छलफल उपयोगी बनेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जाका विद्यार्थी पढ्दै, कुखुरापालन गर्दै