राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०८२, १३ : ०९
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ ।

राप्रपासहित राजावादी समूहले गर्न लागेको उक्त आन्दोलनमा आफूहरूको सहकार्य नरहेको सो अभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले जानकारी गराएका छन् ।

जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनअन्दोलन भएकोले हाम्रो सहाकार्य नरहेकोले सहभागी नहुन अनुरोध सहितको निर्देशन गर्दछौं,’ लिम्बूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनको क्रममा कुनै घटना घटेको खण्डमा आफ्नो अभियान कुनै पनि जिम्मेवारी नलिने पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस