लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०८२, १५ : ०६
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

बुटवल । लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।  जनमत पार्टीको तर्फबाट सांसद रहेकी गुरुङ आजदेखि पदमुक्त भएकी हुन् ।   वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका थिए ।

गीताले प्रदेशसभाको इमेलमार्फत राजीनामा बुझाएकी थिइन्।जनमत पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता सिके गुप्ताले उनी पदमुक्त भएको बताए ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुनले गीताको अनुपस्थितिको सूचना प्रदेशसभामा दिएर आजदेखि उनलाई पदमुक्त गरिएको जानकारी दिइएको  बताए ।

dd

प्रतिक्रिया दिनुहोस