घिरौँलामा भेटियो विषादीको मात्रा

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०८२, १४ : १२
घिरौँलामा भेटियो विषादीको मात्रा

काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको घिरौँलामा विषादी भेटिएको छ । काभ्रेमा उत्पादित उक्त घिरौँलामा अर्गानोफस्फेट नामक विषादीको मात्रा ३७.९२ प्रतिशत भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले बुधबार १७ वटा स्टलमा १७ वटा तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये घिरौँलामा उक्त मात्रामा विषादी फेला परेको र केही दिन राखेर मात्रै बिक्री गरिनु पर्ने जनाइएको छ । 

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह किटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । 

प्रतिक्रिया दिनुहोस