एजेन्सी । रातभर इजरायलले गरेको आक्रमणका कारण गाजाको विद्यालयमा शरण लिएर बसेका ५४ जनाको ज्यान गएको छ।
अहिले इजरायलले सबै भन्दा धेरै आक्रमण गरेको बेतलाहियाका सयौँ बासिन्दा फवामी अल जरगावीमा छन्। विद्यालयमा भएको आक्रमणका कारण कम्तीमा ३५ जनाको ज्यान गएको जनाइएको छ।
थुप्रै बलेका शरीर मुस्किलले पहिचान गर्न सकिने बनाइएको थियो। इजरायल डिफेन्स फोर्स आइडिएफले हमास र इस्लामिक जिहाद कमान्ड र कन्ट्रोल सेन्टरमा आक्रमण भएको तथा नियन्त्रणमा लिएको जनाएको छ।
इजरायलले सो क्षेत्र आतङ्ककारीले इजरायली सेनामाथि आक्रमण गर्नका लागि योजना बनाउन प्रयोग भएको बताएको छ। इजरायलले गाजाको बासिन्दालाई मानव ढालको रूपमा प्रयोग गरिएको बताए।
एम्बुलेन्स सभिर्सकी मेनेजर फारिस अफनाले आफू पुग्दा तीन वटा कक्षा कोठा बलिरहेको बताएकी थिइन्। त्यस त्रासदीय अवस्थामा के भइरहेको आफूले बुझ्न पनि नसकेको उनले बताएकी छिन्। धेरै जना कक्षा कोठामा सुतिरहेको अवस्थामा आक्रमण भएको प्रस्ट देखिएको समेत उनले बताइन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १३ जेठ २०८२, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल-हमास युद्धविराम वार्ता सफलता बिना नै टुङ्गियो
इजरायलमाथि यमनको ‘हूथी समूह’ को मिसाइल आक्रमण
युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इजरायल, अमेरिका र इरान सबैले युद्ध जितेको दाबी, तर साँच्चै जित्यो कसले ?
इजरायलमाथि पहिलोपटक इरानद्वारा खैबर-शाकान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार