देउखुरी । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईं र महासचिव पाण्डव शर्माले सोमबार देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा भेटवार्ता गरेका छन् ।
भेटकाक्रममा लुम्बिनी प्रदेशको पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, सञ्चार माध्यमले भोगिरहेका चुनौती र आगामी आर्थिक वर्षको बजेटमा पत्रकार र पत्रकारिताको समग्र विकासका सन्दर्भमा समावेश गर्न कार्यक्रम र योजना बारे विस्तृत छलफल गरिएको थियो ।
मुख्यमन्त्री आचार्यले लोकतन्त्र, सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि सञ्चार क्षेत्र अपरिहार्य भएको बताए । ‘नागरिकलाई सशक्त बनाउने, शासन प्रणालीलाई जवाफदेही बनाउने र राज्यको गतिविधिलाई जनतासामु पारदर्शी बनाउने काम मिडियाबाट सम्भव हुन्छ’, उनले भने ।
‘यसकारण आगामी बजेटमा मिडिया क्षेत्रको सुदृढीकरण, पत्रकार सुरक्षाको प्रत्याभूति र सञ्चार माध्यमको प्रवद्र्धनसम्बन्धी नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिनेछ’, मुख्यमन्त्रीको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंले पत्रकारहरूले प्रदेशका दुर्गम क्षेत्रसम्म पुगेर सूचना प्रवाह गरिरहेको र सरकार तथा आम जनतालाई जोडने काम गरिरहेकाले उनीहरूको आर्थिक, सामाजिक सुरक्षामा सरकारले विशेष प्याकेज ल्याउन आवस्यक भएको बताए ।
‘प्रदेश सरकारले पत्रकारको सीप अभिवृद्धि, सुरक्षाको प्रत्याभूति र स्थानीय सञ्चार संस्थाको दिगोपनाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक छ’, उनले जोड दिए । उनले आगामी बजेटमा मिडियामैत्री नीति र कार्यक्रम समावेश गर्न माग गरे ।
महासचिव पाण्डव शर्माले सूचनाको पहुँच, पत्रकारिता अभ्यासको गुणस्तर र मिडिया हाउसहरूको सुदृढीकरणका लागि प्रदेश सरकारले दीर्घकालीन दृष्टिकोण बनाउनु पर्नेमा जोड दिए ।
‘सञ्चारका नयाँ प्रविधिमा लगानी, पत्रकारलाई तालिम, अनुसन्धान र सामग्री विकासमा सहयोग पु¥याउने नीति आवश्यक छ’, शर्माले भने, ‘प्रदेश सरकारले पत्रकार महासंघसँग सहकार्य गर्दै सञ्चार क्षेत्रलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्छ ।’
भेटकाक्रममा मुख्यमन्त्रीका प्रेस संयोजक दशरथ घिमिरे पनि सहभागी थिए । उनले प्रदेश सरकारले पत्रकारसँगको नियमित समन्वयलाई संस्थागत गर्दै सञ्चार क्षेत्र सुदृढ पार्ने प्रतिवद्धता दोहोर्याए ।
बैठकमा सहभागी सबै पक्षले पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सरकार र महासंघबीच सहकार्य, संवाद र विश्वासको वातावरण विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । छलफलले पत्रकार हित र मिडियाको दिगो विकासका लागि प्रदेश सरकारको भूमिकालाई स्पष्ट र उद्देश्यपूर्ण बनाउने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
अब प्रज्ञा प्रतिष्ठानमार्फत भाषा र संस्कृतिको खोज अनुसन्धानलाई गति दिनेछौँ : मुख्यमन्त्री आचार्य
मुख्यमन्त्री आचार्य चीन प्रस्थान
प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने बाटोमा छौं : मुख्यमन्त्री आचार्य
योजना माग्न मन्त्रालय धाउन पर्दैन, प्रक्रियामार्फत आएका योजनामा मात्रै बजेट : मुख्यमन्त्री आचार्य