पर्सा । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ ।
कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहजनक ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । ‘कार्यालयले औषतमा मासिक ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ’, उनले भने ।
कार्यालयले चालु आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ लाख राजस्व सङ्कलन भएको छ ।
त्यस्तै अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्फ २७ लाख १६ हजार, सवारी विविधतर्फ आठ लाख २८ हजार ९५० राजस्व सङ्कलन गरेको छ ।
यसैगरी, आयकरतर्फ आठ लाख ६० हजार ५२५ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रकम राजस्व सङ्कलन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर विवरण नबुझाउने ८ करदातालाई आन्तरिक राजस्व कार्यालय चाबहिलको १५ दिने अल्टिमेटम
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट असी करोड राजस्व सङ्कलन