ललितपुर महानगरमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०८२, १५ : ४२
ललितपुर महानगरमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरणका तथा व्यवस्थापन प्राधिकरण, ललितपुर महानगरपालिका र एसेट नेपालको सहकार्य तथा समन्वयमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ । उक्त तालिम ७ दिन सम्म चल्ने छ ।

ललितपुर नगरपालिकाका महानगर प्रहरीका १९ जना र दमकल का ५ जना कर्मचारीलाई तालिम दिन लागेको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि नगरका विभिन्न स्थानमा पूर्वाधार तयार भइरहेको बताए ।

महर्जनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक रहेकाले विभिन्न चार स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार तयार भइरहेको बताए । उनले विपद् जोखिमका क्षेत्रमा काम गर्न पूर्वाधार निर्माणका लागि यस वर्षमात्रै रु पाँच करोड बजेट छुट्ट्याएर काम भइरहेको धारणा राखे ।

महर्जनले विपद् जोखिम न्यूनीकरणका लागि पाँच वटा डुङ्गा खरिद गर्न लागिएको बताए । महर्जनले विपद् न्यूनीकरणका क्षेत्रमा सक्रिय भएर लागे पनि महानगरलाई कानुनी जटिलताका कारण काम गर्न कठिन भएको धारणा राखे ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस