म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ ।
गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो ।
शुक्रवार धार्मिक विधि पूर्वक पूजाआजासहित गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गरे ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ मा विनियोजन गरेको दुई करोड बजेटबाट प्रशासकीय भवन निर्माण सुरु गरेको हो ।
मातृभूमी डेभलपर एन्ड इन्जिनियरिङ प्रालिले एक करोड ३१ लाख ९८ हजारमा ठेक्का सम्झौता गरेर कार्य क्षेत्रमा परिचालन भएको छ ।
दुई वर्षमा भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरी निर्माणकार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिए ।
उनकाअनुसार नौ करोड ४० लाख ४४ हजार ९५० लागत अनुमान गरिएको भवन निर्माणको लागि थप बजेटका लागि गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारमा प्रस्ताव पेस गरिएको छ ।
गाउँपालिकाले ६ वर्ष अघिदेखि प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको काम सुरु गरेको थियो ।
‘करोडौँ मूल्य पर्ने जग्गालाई समुदायबाट निःशुल्क उपलब्ध भएको छ, गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुनुमा जग्गाधनीको ठूलो योगदान छ, हामीले पालिकाको सेवालाई सरल र सहज बनाउन पालिकालाई पूर्वाधारयुक्त बनाउनका लागि भवन बनाउने गौरवको योजना अघि बढाएका हौँ,’ गाउँपालिका अध्यक्ष भण्डारीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले सम्हालेको यस्तो गाँउपालिका : 'जसको बेरुजु छ शून्य'