यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०८२, ०६ : ४३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ६७ पैसा र बिक्रीदर १८४ रुपियाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ८५ पैसा र बिक्रीदर १६५ रुपियाँ ५८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५० पैसा र बिक्रीदर ९८ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८१ पैसा र बिक्रीदर १०६ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस