काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बङ्गालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै मालदिभ्स, श्रीलङ्का लगायतका भूभागसम्म मनसुनको आगमन भएको र बङ्गालको खाडीबाट जमिनको भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।
आज दिउसो सातै प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको छ ।
सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, ०६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना