रुपन्देही । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज शुक्रवार दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभासमक्ष पेश गर्नेछन् ।
त्यसपछि सो कार्यक्रमको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेश गर्ने र सो प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नेछिन् ।
प्रस्तावलाई निर्णयार्थ सभामुख तुलाराम घर्तिमगरले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । गत जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्रीको सम्बोधन : प्रविधिको प्रयोगबाटै विकास तीव्र बनाऔँ
लुम्बिनी प्रदेश सभा बैठक सुरु
लुम्बिनी प्रदेश सभाको बैठक सुरु