काठमाडौँ। दक्षिण कोरियामा बिहीबार राति एक व्यक्तिले तीन जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरेका छन् । सियोलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको पाजु शहरमा घरेलु हिंसाको घटनामा सहयोगका लागि पुगेका प्रहरीमाथि एक व्यक्तिले उक्त आक्रमण गरेको योन्हाप न्यूज एजेन्सीले जनाएको छ ।
योन्हापका अनुसार ती अधिकारीको घाँटी, पाखुरा र शरीरका अन्य भागमा छुरा प्रहार भएको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । शंकास्पद व्यक्तिलाई घटनास्थलबाट पक्राउ गरिएको र उनी गम्भीर घाइते भएको बताइएको छ ।
‘हामीले घटनाको उद्देश्य र परिस्थितिबारे गहन अनुसन्धान गरिरहेका छौं’ एक प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग भने । चार जनालाई छुरा प्रहार गरेको केही दिनपछि एक व्यक्ति पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भएको छ ।
सन् २०२१ मा प्रति एक लाख मानिसमा एक जनाको हत्या हुने गरेको दक्षिण कोरिया सामान्यतया निकै सुरक्षित देश हो । यो हत्या दर विश्वव्यापी औसत प्रति एक लाख छ जनाभन्दा निकै कम हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०९ जेठ २०८२, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो