काठमाडौं । वर्तमान व्यवस्था विरुद्ध जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरुको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्ष भन्दा मुनीका विभिन्न पेशा व्यवसायमा लागेका युवा र विद्यार्थीसँग अन्तरसंवाद गर्ने भएका छन् ।
जेठ १२ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजना गर्ने उक्त कार्यक्रमको नाम 'अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा' दिइएको छ । सो कार्यक्रममार्फत युवाहरुमा रहेको राप्रपासम्बन्धी जिज्ञासा र प्रश्नहरुको समाधान गरिने राप्रपाका युवा विभागका प्रमुख प्रकाश रिमालले बताए ।
राप्रपाले भनेको व्यवस्था परिवर्तन के हो ? अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नैपर्ने आवश्यक्ता किन हो ? राप्रपाले भनेको राजसंस्था कस्तो हो ? हिन्दू राष्ट्र पुनर्स्थापना र संघीयताको खारेजी गनुर्पर्ने कारण के हो ? आन्दोलनमा यूवा किन सहभागी हुने भन्नेजस्ता युवाका जिज्ञासालाई प्रत्यक्ष रुपमा अध्यक्ष लिङ्देनले जवाफ दिन लागेका हुन् । राप्रपाले बोकेका राजनीतिक एजेण्डाका साथै अन्य आर्थिक, सामाजिक एजेण्डा र नीति के के हुन् ? आन्दोलनपछिको मार्गचित्र के हो ? भन्ने बारेमा पनि युवाहरुले जिज्ञासा राख्नसक्ने गरि कार्यक्रमको ढाँचा तय गरिएको विभागका प्रमुख रिमालको भनाइ छ ।
राप्रपाले उक्त दिन राजनीतिक र गैरराजनीतिक सबै क्षेत्रका युवाहरुलाई आमन्त्रित गरेको छ । राप्रपा भन्ने बित्तिकै पुरानो पुस्ताको पार्टी हो भन्ने भ्रम चिर्नका लागि यो कार्यक्रम सहयोगी हुने राप्रपाले विश्वास लिएको छ। यसअघि पनि राप्रपाले प्रवुद्ध वर्ग, उपत्यकाका नेवाः समुदाय लगायतसँग छलफल गरिरहेको छ भने १५ गतेको आन्दोलनलाई लिएर उपत्यकाव्यापी कार्यकर्ता भेलाहरु आयोजना गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै राप्रपालाई ज्ञापनपत्र
राप्रपा नेपालको निम्तो मान्न पुगे लिङ्देन
एमालेको कार्यक्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै राप्रपाले जनायो आपत्ति
६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन (तस्वीरहरू)
राप्रपा आन्दोलनको रणनीति फेरियो, अब बानेश्वरमा मात्र केन्द्रित