एजेन्सी । गाजामा इजरायली आक्रमण थप हिंसात्मक चरणमा प्रवेश गरेपछि यसले देश भित्र नै आक्रोश पैदा गरेको छ।
वामपन्थी राजनीतिज्ञ तथा इजरायली डिफेन्डर फोर्सका पूर्व डेपुटी कमान्डर यायर गोलानले समझदार देशले कहिले पनि कुनै पनि देशको नागरिकमाथि आक्रमण नगर्ने बताउँदै इजरायली नेतृत्वले विवेकपूर्ण काम नगरेको आरोप लगाए।
पूर्व इजरायली रक्षा मन्त्री मोसे बोगी यालोनले सरकारको जसरी पनि सत्तामा रहिरहने सोचका कारण विध्वंस मच्ची रहेको आरोप लगाए।
१९ महिना अघि हमासले इजरायलमा आक्रमण गर्दा यस अवस्थाको कल्पना समेत कसैले गरेको थिएन। अहिले लाखौँ मानिसको ज्यान जोखिममा परिसकेको छ। धेरै हप्ता रोकिएको राहत सामग्री भर्खर गाजामा प्रवेश गर्न थालेका छन्।
इजरायलको च्यानल १२ ले गरेको सर्वेक्षणले ६१ प्रतिशतले युद्धको अन्त्य तथा बन्दी फिर्ता चाहेका छन्। २१ प्रतिशत भने युद्धलाई निरन्तरता दिएर गाजा कब्जा भएको हेर्न चाहन्छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का