काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो ।
यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।
सोमबार सोहीअनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीश र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयका नातेदार परेपछि हेर्न नमिल्ने भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल