कर्णाली प्रवेश गर्‍यो माओवादीको जनजागरण अभियान

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०८२, ११ : ०८
कर्णाली प्रवेश गर्‍यो माओवादीको जनजागरण अभियान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरिरहेको जनतासँग माओवादीस् मध्यपहाडी जनजागरण अभियान कर्णाली प्रदेश प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशको डडेलधुरामा जेठ १गते पुगेर शुरु भएको अभियान सुदूरपश्चिम प्रदेशको वैतडी, अछामको मंगलसेन पार गर्दै आजदेखि कर्णाली प्रदेशमा प्रवेश गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टी पदाधिकारीका नेताहरु नै अभियानमा सघन रूपमा सहभागी छन् ।

अभियानको विशेषता भनेको बिहानै अध्यष सहितका शीर्ष नेताहरु मर्निङ वाक गदैं जनतासँग प्रत्यक्ष भलाकुसरी गर्ने, नेताहरू जनताको घरमै खाने, बस्ने, छलफल गर्ने र उनीहरूसँग प्रत्यक्ष संवाद गर्ने माओवादी शैली हो ।

माओवादी नेता जनतालाई भेट्न चोकचोकमा पुगिरहेका छन् भने गाउँघरका घरदैलोमा पुगेर पार्टी अिभयानका बारेमा बताईरहेका छन् । यसअघि माओवादीले महिना दिन लामो ‘तराई–मधेस जनजागरण अभियान’ सञ्चालन गरेको थियो । त्यसपछि अबको चरणमा पहाडी भेग केन्द्रित अभियान चलाइएको हो । अभियानको उद्देश्य केरु माओवादी अध्यक्ष प्रचण्डले अभियानको क्रममा जनतासँग प्रत्यक्ष अपिल गरिरहेका छन् — “अब माओवादी कसैको बैशाखीमा होइन, आफ्नै खुट्टामा उभिएर चुनाव लड्नेछ । २०६४ सालमा जसरी जनताले एकपटक साथ दिनुभयो, फेरि पनि त्यसैगरी अवसर दिनुहोस् ।” उनको यो भनाइले आगामी चुनावमा माओवादीले गठबन्धन होइन, एकल चुनावी तयारी गरिरहेको संकेत गर्दछ ।

पछिल्लो चरणमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीमध्ये जनताले माओवादी बरु सही रहेछ भन्ने निश्कर्ष निकाल्न थालेका बेला माओवादीले जनतासँग जोडिने गरी अभियान चलाईरहेको हो । २०७९ को प्रतिनिधिसभा चुनाव पछि ३२ सिट पा्रप्त गरेपनि माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व सम्हालेका थिए । सरकारमा रहँदा प्रचण्डले भष्टाचारविरुद्दको अभियान चलाएका थिए । माओवादीले आफ्नो र अर्काको नभनी जो सुकै भेटेपनि भष्टाचार गरेको देखिएमा कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।

भुटानी शरणार्थी प्रक्रण देखि बालुवाटार जग्गा प्रकरण, बालमन्दिर जग्गा प्रकरणलगायतमा माओवादी नेतृत्वको सरकारले कडा कदम चालेको थियो । शरणार्थी प्रकरणको लहरो तानिदै गएपछि कांग्रेस र एमालेले रातारात सरकार बदल्ने खेल खेलेर प्रचण्डलाई सरकारबाट बाहिर पुग्ने अवस्था निम्ताएका थिए । अहिले माओवादीले अभियानका क्रममा त्यसबारेमा पनि जनतालाई जागरुक बनाईरहेको छ ।

प्रचण्डको नेतृत्वमा हुँदा सरकारबाट सुरु गरिएको भ्रष्टाचारविरोधी अभियान र अहिलेको सरकारप्रति भइरहेको विरोधभाव अभियानको केन्द्रविन्दु बनेका छन्। कांग्रेस एमाले नेतृत्वको सरकारका बेला अहिले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने देखि गर्भनर नियुक्तिसम्म विचौलिया हावी भएको ह्वाङह्वाङती देखिएका बेला माओवादीले त्यस्ता परिघटनाको पनि अभियानका क्रममा भण्डाफोर गरिरहेको छ ।

यस्तो बेला माओवादी नेतृत्व पुनः शुद्धिकरण, आत्मसमिक्षा र रूपान्तरणको सन्देशसहित जनतामाझ पुगेको माओवादी नेताहरुले बताएका छन् । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल अभियानमा जनताको अपार समर्थन देखिएको बताउँछिन् । शहीद परिवारसँग भेट, आत्मसमिक्षा अभियानका क्रममा प्रचण्डले शहीद र वेपत्ता योद्धाहरूका परिवारसँग पनि भेटघाट गरिरहेका छन् । उनले विगतका कमजोरी स्वीकार गर्दै पार्टी अब रूपान्तरणको बाटोमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । विभिन्न ठाउँमा गरिएको सभाहरुमा सहभागिता हेर्दा माओवादीप्रति जनसमर्थन पुनः बढ्दै गएको विश्लेषकहरूको भनाइ छ । घरदैलोमा समेत पार्टीप्रति सकारात्मक सन्देश आएको देखिएको माओवादी उपाध्यक्ष भुसालको भनाई छ ।

कर्णाली पुगेको माओवादी अभियान आज दैलेखको सदरमुकाममा जनसभा गरेर अगाडी बढ्नेछ । बिहानै कर्णाली प्रवेश गर्दा माओवादीअ ध्यक्ष सहितका नेताहरुलाइृ जनताले भब्य स्वागत गरेका छन् । यो अभियान भोलि जाजरकोट पुग्नेछ । खलंगामा जनसंवाद गरेर पर्सि जेठ ६ गते रुकुमको चौरजाहारीमा जनसभा र मुसिकोटमा जनसंवादमा परिणत हुने माओवादीले जनाएको छ । त्यसपछि जेठ ७ गते पूर्वी रुकुमकोटमा जनसंवाद र रोल्पाको थवाङमा जनसभामा परिणत हुनेछ । थवाङ माओवादीको बलियो आधारइलाका हो । प्रचण्डको उपस्थिती थवाङमा विशेष हुनेछ ।

त्यसपछि भने अभियान गण्डकी प्रदेश प्रवेश गर्नेछ । जेठ ८ गते माओवादी अभियान गण्डकी प्रदेशको बागलुङ पुग्नेछ । त्यसपछि ९ गते पर्वतको कुस्मा र १० गते कास्कीको पोखरामा जनसभा गरेर पहिलो चरणको मध्यपहाडी अभियान सक्नेछ । मध्यपहाडी जिल्लाका अन्य कार्यक्रम भने माओवादीले त्यसपछि तय गर्ने जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस