सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

एजेन्सी

आइतबार, ०४ जेठ २०८२, ०७ : ४९
सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि

एजेन्सी । क्रिस्टल प्यालेसले पहिलो महत्त्वपूर्ण उपाधिको रूपमा एफए कपको उपाधि जितेको छ।

उपाधि जित्ने क्रममा क्रिस्टल प्यालेसले शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० ले हराएको हो।

सन् २०१६/१७ मा पेप गुआर्डीओलाले क्लब हेरेयता सिटी कुनै पनि उपाधि बिना सिजनको अन्त्य गर्न बाध्य भएको यो पहिलो पटक हो।

खेलको १६ औँ मिनेटमा डानियल मुनोजको क्रसमा एबरेजी एजले प्यालेसका लागि निर्णायक गोल गरेका थिए।

सो खेलमा प्यालेसका डियन हेन्डरसनले सिटीका धेरै डरलाग्दा आक्रमणलाई विफल पारेका थिए। उनले ३६ औँ मिनेटमा ओमार मारमाउसले प्रहार गरेको पेनाल्टी समेत बचाए।

प्रतिक्रिया दिनुहोस