आईसीसी टी–२० विश्वकपमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै

सफल खबर संवाददाता

शनिबार, ०२ फागुन २०८२, १० : ०३
आईसीसी टी–२० विश्वकपमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदैछन् । आज आयरल्याण्ड र ओमान, इंग्ल्याण्ड र स्कटल्याण्ड तथा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत आयरल्याण्ड र ओमानबीच खेल हुनेछ । खेल श्रीलंकाको कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । यसअघिका दुई खेलमा दुवैले हार बेहोरेका छन् ।

यस्तै, आजको दोस्रो खेलमा समूह ‘सी’ मा रहेका इंग्ल्याण्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा दुई/दुई खेल खेलेका इंग्ल्याण्ड र स्कटल्याण्डले एक/एकमा जित र एक/एकमा पराजय भोगेका छन् । 

यसैगरी, आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘डी’ का न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल अहमदाबादमा बेलुका सवा ७ बजे सुरु हुनेछ । यसअघिका दुवै खेलमा जित निकालेका न्युजिल्याण्ड र दक्षिण अफ्रिका समान ४/४ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस