काठमाडौं। बालिका बलात्कार गरेको आरोपमा गुल्मी र तनहुँमा एक/एक जना पक्राउ परेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडामा शनिबार १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाग्लुङको बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामी पक्राउ परेका छन् ।
हिराले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, १८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँको शुक्लागण्डकी नगरपालिका-१ अल्छिबिसौना बस्ने ७२ वर्षीय केशवराज पौडेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
केशवराजले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
५ किलो गाँजासहित युवक पक्राउ