काठमाडौं। बालिका बलात्कार गरेको आरोपमा गुल्मी र तनहुँमा एक/एक जना पक्राउ परेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडामा शनिबार १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाग्लुङको बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामी पक्राउ परेका छन् ।
हिराले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, १८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँको शुक्लागण्डकी नगरपालिका-१ अल्छिबिसौना बस्ने ७२ वर्षीय केशवराज पौडेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
केशवराजले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ