म्याग्दी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग. १६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग. २ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो ।
मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए । अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ बैशाख २०८२, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा काँग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु