श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १४ : १०
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते

काठमाडौं। श्रीलङ्काको कोटमाले क्षेत्रमा तीर्थयात्री चढेको बस भीरबाट खस्दा २१ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अन्य १४ जना गम्भीर घाइते भएका छन् ।

बसमा क्षमताभन्दा बढी करिब ७० जना यात्रु सवार थिए। प्रहरीका अनुसार दुर्घटनाको कारण यान्त्रिक गडबडी वा चालकको असावधानी हुनसक्ने अनुमान गरिएको छ।

मृतकमध्ये १५ जनाको घटनास्थलमै र अन्यको अस्पतालमा मृत्यु भएको हो ।उक्त बस दक्षिणी तीर्थस्थल कातारागामाबाट कुरुनेगालातर्फ जाँदै थियो।

श्रीलङ्कामा यो दुर्घटना पछिल्ला दशकको सबैभन्दा भीषण दुर्घटनामध्ये एक मानिएको छ।