चितवन । नारायणघाट-मुग्लिन सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ ।
आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो ।
कोइला लोड गरेको सो ट्रक आफैँ अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ । अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
दाउन्नेमा भुस बोकेको ट्रक पल्टियो, पूर्व-पश्चिम राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौँ आउँदै गरेको ट्रक पल्टियो, १९ वटा खसीबोका मरे
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
त्रिशुलीमा खस्यो ट्रक
दाङमा गुडिरहेको ट्रकमा आगलागी, ट्रक जलेर नष्ट