काठमाडौँ । नेपाल शिक्षक महासंघले २९ दिने शैक्षिक हड्तालको क्षति हिउँदे वा बर्खे बिदामा पूर्ति गर्न अनुरोध गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शिक्षक विद्यालयहरुलाई यस्तो अनुरोध गरेको हो ।
महासंघले विद्यालय शिक्षा ऐनको माग गर्दै माघ २० गतेबाट ८९ दिन लामो शिक्षक-कर्मचारी आन्दोलन गरेको थियो । २९ दिन काठमाडौँ केन्द्रित शान्तिपूर्ण शैक्षिक सडक आन्दोलन गरेको थियो।आन्दोलनका क्रममा आयोजना भएको आम शैक्षिक हडतालका कारण विद्यालयको भर्ना र पठनपाठन अबरुद्ध भएकाले विद्यार्थीमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे विदामा सो क्षतिको आपूरण गर्न सबै प्रधानाध्यापक तथा शिक्षक-कर्मचारीलाई महासंघले अनुरोध गरेको छ ।
आन्दोलनपछि विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरु मन्त्रिपरिषद्बाट निर्णयमार्फत् कार्यान्वयन गराएको महासंघले जनाएको छ । असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारीत गर्ने सुनिश्चित भएको बताउँदै यो आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको महासंघको ठहर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्री पुनलाई शिक्षक महासंघको ध्यानाकर्षण
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
एमालेको पार्टी कार्यालयमा शिक्षक महासंघकाे धर्ना
काँग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
काँग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
शिक्षक महासंघले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम