काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज स्थित नारायणगोपाल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् । गएराति पौने १ बजेको समयमा नयाँ बसपार्कबाट नारायणगोपालतर्फ आएको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्क दिएको हो ।
दुर्घटनामा नयाँ बसपार्क तिर जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकल चालक दर्मातान तामाङ घाइते भएका छन् । उनको अवस्था गम्भीर छ । धादिङको गजुरी घर भएका दर्तामानले सो मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट चोरेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चोरीमा संलग्न २० वर्षीय दर्तामानको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते