काठमाडौँ । काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज स्थित नारायणगोपाल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् । गएराति पौने १ बजेको समयमा नयाँ बसपार्कबाट नारायणगोपालतर्फ आएको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्क दिएको हो ।
दुर्घटनामा नयाँ बसपार्क तिर जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकल चालक दर्मातान तामाङ घाइते भएका छन् । उनको अवस्था गम्भीर छ । धादिङको गजुरी घर भएका दर्तामानले सो मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट चोरेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चोरीमा संलग्न २० वर्षीय दर्तामानको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन