एजेन्सी । अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको एक क्याफेमा भएको इजरायली हमलामा कम्तिमा २० जनाको ज्यान गएको छ।
प्रत्यक्षदर्शीका अनुसार उद्धार टोलीले त्यहाँबाट २० शव बाहिर निकालेका छन्। अल बाका क्याफ्टेरिया नामको सो क्याफेमा घाइते भएका थुप्रैको उद्धार गरिएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ।
‘अन्य स्थानमा इन्टरनेटको अभाव भएका कारण म इन्टरनेट प्रायोजनकै निम्ति त्यहाँ पुगेका थिएँ। म नजिक जाने बित्तिकै विस्फोट भएको हो’, एक स्थानीय क्यामरा पर्सनले भने। सामाजिक सञ्जालमा पोस्ट भएको भिडियो हेर्दा इजरायली मिसाइल आक्रमण भएको प्रस्ट देख्न सकिन्छ।
गाजालाई खाली गराउने सोचसहित आक्रमण गरेपछि इजरायलले क्याफेमा आक्रमण गरेको हो। अन्तर्राष्ट्रिय निकायले नै इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्यहुलाई युद्ध विरामका लागि दबाब दिइरहेको समयमा यो आक्रमण भएको हो।
१९ जनवरीमा भएको युद्ध विराम मार्च महिनाको सकिएको थियो। त्यसयता इजरायलले लगातार आक्रमण गरेको छ। पछिल्ला केही दिनयता आक्रमणलाई तीव्र बनाएको छ।
अमेरिका लगायत अन्तर्राष्ट्रिय निकायले दिएको दबाबका बाबजुद इजरायलले ११ सातासम्म त्यस स्थानमा राहत पुग्न दिएको थिएन। अहिलेसमेत इजरायलले आक्रमणलाई निरन्तरता दिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ असार २०८२, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण
मिसाइल खरिदका लागि युक्रेनलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा
भारतले गर्यो हाइपरसोनिक मिसाइलको सफल परीक्षण
इजरायलमाथि इरानको मिसाइल आक्रमण
इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर