काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताएका छन् । यसले जनतामा निराशा पैदा गरेको उनले उल्लेख गरे ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले भने, ‘यो नीति तथा कार्यक्रमप्रति जनताको आशा पनि छैन, भरोसा पनि छैन ।
फरक मत राख्ने पार्टीको मतलाई पनि सम्मान गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो । बूढीगण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना नीति तथा कार्यक्रमको प्राथमिकतामा नपरेकामा उनले आपत्ति व्यक्त गरे । नीति तथा कार्यक्रममा युवालाई रोजगारी सिर्जना गर्ने कुनै पनि कार्यक्रम समावेश नगरिएको उनले टिप्पणी गरे ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले आर्थिक मन्दी, युवा पलायन र रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र निर्भर रहनुपर्ने अवस्था भएको बताए । ‘विभिन्न जातजातिबीच द्वन्द्व छ, यतिबेला संस्थाका असक्षमता र कुशासनलाई सच्याउने ठोस योजना लिएर नीति तथा कार्यक्रम आउन सकेन, आम जनताको जीविकोपार्जनमा देखिएका समस्या समाधान गर्नेगरी यो नीति तथा कार्यक्रम आउन सकेन’,उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकार खुम्च्याउन खोजियो : लिङ्देन
हामी जे गर्छौं भनेरै गर्छौं,सरकार नडराए हुन्छः अध्यक्ष लिङ्देन
उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो : राजेन्द्र लिङ्देन
नयाँ भनिएका दल पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: लिङ्देन
विपदको क्षति न्युन गर्न सरकार चुक्यो: राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान