काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह अवकाश भएका छन्। निजामती सेवामा ३८ वर्षे यात्रा पूरा गरेका सिंह ५८ वर्षे उमेरहदका कारण बुधवारदेखि अनिवार्य अवकाशमा गएका हुन्। २०७९ असार ६ गते सचिवमा बढुवा भएका उनले २ वर्ष, १० महिना र १८ दिनसम्म सचिवको भूमिका निर्वाह गरे।
सचिव भएपछि उनले कोशी प्रदेशको प्रमुख सचिव, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र महालेखा नियन्त्रकको जिम्मेवारी सम्हालेका थिए।
उनको अवकाशसँगै एक सचिव पद रिक्त भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार सचिवको सरुवा, सशस्त्रका दुई डीआईजीको म्याद थप
चन्द्रकला पौडेल सचिवमा बढुवा
सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता
लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी
रघुराम विष्ट सचिवमा बढुवा
सचिव मणिराम गेलालद्वारा कार्यसम्पादन सम्झौता