एजेन्सी । भारतले पाकिस्तानमा गरेको आक्रमणप्रति चीनले पनि प्रतिक्रिया जनाएको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानमाथि भारतले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुर्भाग्यपूर्ण भनेका छन् ।
उनले भने, ‘भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण छ । हामी अहिलेको परिस्थितिबारे चिन्तित छौँ । भारत र पाकिस्तान दुवै एक अर्काका छिमेकी हुन् र चीनका पनि छिमेकी हुन् ।’ चीनले आतङ्कवादका सबै प्रकारको विरोध गर्ने पनि जनाएको छ । ‘हामी दुवै पक्षलाई अपिल गर्छौँ। उनीहरूले शान्ति र स्थिरतालाई प्राथमिकता दिनुपर्छ, चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘दुवैले संयम अपनाउनुपर्छ । यस्तो दुर्भाग्यपूर्ण कदम उठाउनु उचित होइन, जसले परिस्थितिलाई अझ जटिल बनाइदिन्छ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पाकिस्तानमा भारतीय आक्रमणलाई लाजमर्दो भनेका थिए । उनले दुवै पक्षलाई शान्तिका लागि अपील पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ बैशाख २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट