एजेन्सी । भारतले पाकिस्तानमा गरेको आक्रमणप्रति चीनले पनि प्रतिक्रिया जनाएको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानमाथि भारतले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुर्भाग्यपूर्ण भनेका छन् ।
उनले भने, ‘भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण छ । हामी अहिलेको परिस्थितिबारे चिन्तित छौँ । भारत र पाकिस्तान दुवै एक अर्काका छिमेकी हुन् र चीनका पनि छिमेकी हुन् ।’ चीनले आतङ्कवादका सबै प्रकारको विरोध गर्ने पनि जनाएको छ । ‘हामी दुवै पक्षलाई अपिल गर्छौँ। उनीहरूले शान्ति र स्थिरतालाई प्राथमिकता दिनुपर्छ, चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘दुवैले संयम अपनाउनुपर्छ । यस्तो दुर्भाग्यपूर्ण कदम उठाउनु उचित होइन, जसले परिस्थितिलाई अझ जटिल बनाइदिन्छ ।’
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पाकिस्तानमा भारतीय आक्रमणलाई लाजमर्दो भनेका थिए । उनले दुवै पक्षलाई शान्तिका लागि अपील पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ बैशाख २०८२, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप