काठमाडौ । राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सन प्रा.लि. का सञ्चालक ध्रुव देवविरुद्ध राजस्व चुहावटको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान विभागका अनुसार ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल मात्र जारी गरेको, बैंकमार्फत कारोबार नगरेको, बीजक सिलसिलेवार रुपमा नचलाएको, मूल्य अभिवृद्धि कर (मू.अ.कर) तथा आयकर विवरण नदिएको, झुटा विवरण पेश गरेको तथा खरिदको स्रोत पुष्टि नगरेको पाइएपछि उनीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
अनुसन्धानबाट मू.अ. करतर्फ रु. ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ रु. १४ करोड ६५ लाख ३१ हजार ८२४, गरी कुल रु. ६० करोड ४६ लाख १५ हजार २५८ बराबरको राजस्व चुहावट पुष्टि भएको विभागले जनाएको छ।
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार उक्त बिगो बराबरको शतप्रतिशत जरिवाना समेत माग गर्दै विभागले ध्रुव देवलाई जम्मा रु. १ अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ असुल उपर गर्न र कैद सजायको मागदाबी गर्दै अभियोगपत्र पेस गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
कर विवरण नबुझाउने ८ करदातालाई आन्तरिक राजस्व कार्यालय चाबहिलको १५ दिने अल्टिमेटम
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व