काठमाडौ । राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सन प्रा.लि. का सञ्चालक ध्रुव देवविरुद्ध राजस्व चुहावटको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान विभागका अनुसार ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिल मात्र जारी गरेको, बैंकमार्फत कारोबार नगरेको, बीजक सिलसिलेवार रुपमा नचलाएको, मूल्य अभिवृद्धि कर (मू.अ.कर) तथा आयकर विवरण नदिएको, झुटा विवरण पेश गरेको तथा खरिदको स्रोत पुष्टि नगरेको पाइएपछि उनीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
अनुसन्धानबाट मू.अ. करतर्फ रु. ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ रु. १४ करोड ६५ लाख ३१ हजार ८२४, गरी कुल रु. ६० करोड ४६ लाख १५ हजार २५८ बराबरको राजस्व चुहावट पुष्टि भएको विभागले जनाएको छ।
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार उक्त बिगो बराबरको शतप्रतिशत जरिवाना समेत माग गर्दै विभागले ध्रुव देवलाई जम्मा रु. १ अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ असुल उपर गर्न र कैद सजायको मागदाबी गर्दै अभियोगपत्र पेस गरिएको राजस्व अनुसन्धान विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
जनकपुरधाम कार्यालय मर्मतपछि राजस्व सङ्कलन सुरु
हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व
यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो
बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर
सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व सङ्कलन