गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, २२ बैशाख २०८२, १३ : ०४
गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक

काठमाडौं । गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ । प्रेम र मिठासले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ । गीतमा शब्द रचना नेत्र अर्यालले गरेका छन् भने संगीत र एरेन्ज लक्षु प्रकाश मल्लले गरेका छन् । लक्षु प्रकाश मल्ल विश्वकीर्तिमानी संगीतकार हुन । गीतको मिक्सिङ र माष्टरिङ एचबीएन किस्मतले सम्पन्न गरेका छन्। गीतको रेकर्डिङ कार्य १ डिबी स्टुडियोमा रेकर्डिस्ट राज खड्काले सम्हालेका हुन्।

समूह स्वरमा अञ्जन बाबु शर्मा र लक्षु प्रकाश मल्लले साथ दिएका छन्।’मायाको हाँसो’ को अडियो तथा भिडियो भिम चापागाईंको आधिकारिक च्यानल ‘Bhim Chapagain Official’ युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो पक्षमा पनि गीतले उच्च स्तर कायम गरेको छ । भिडियोलाई निर्देशक अशोक बीकेले निर्देशन गरेका छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन् । गीतको दृश्यलाई जीवन्त बनाउन नवराज उप्रेतीले सिनेमाटोग्राफी गरेका छन् ।

भिडियोमा पुष्प खड्का र आयुषा क्षेत्रीले प्रेमिल जोडीको भूमिकामा अभिनय गरेका छन्। उनीहरूको स्वाभाविक अभिनयले गीतको भावनालाई अझ प्रगाढ बनाएको छ । मेकअप आर्टिस्टको रूपमा विमला तामाङको योगदान रहेको छ भने सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य ड्रागन पिक्चर्सले सम्हालेको हो। ‘मायाको हाँसो’ गीतले प्रेम, सम्बन्ध र रमाइलो भावनालाई सजीव रूपमा चित्रण गरेको छ । गीत र भिडियो दुवै पक्षमा प्रस्तुत गरिएको मिठासले यसलाई नेपाली गीत-संगीत क्षेत्रमा नयाँ उचाइ दिन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस