बेइजिङ । दक्षिण पश्चिम चीनमा डुङ्गा पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अरू ७० जनालाई अस्पतालमा भर्ना गरेर राखिएको बताइएको छ । तीव्र हुरीका कारण गुइझाउको छिन्सी सहरमा आइतबार पर्यटकहरू सवार डुङ्गा पल्टिँदा ८४ जना नदीमा खसेको भन्दै सरकारी सञ्चारमाध्यमले समाचार छापेको छ । यस क्रममा एक दर्जनभन्दा धेरै मानिसहरू बेपत्ता भएका भएका थिए । तर एक जना बाहेक सबैको उद्धार गरियो ।
ती एक व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ । श्रम दिवसको एक हप्ता लामो बिदाको अन्त्यतिर यो घटना भएको हो । राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिको तत्कालै खोजी र उद्धार गर्न आदेश दिएका छन् । हालैका महिनाहरूमा देशका अन्य स्थानमा पनि यस्तै खालको घटनाहरू भएको भन्दै सीले सुरक्षा उपाय बलियो बनाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
दुई महिना अघिमात्रै चीनको हुनान प्रान्तमा औद्योगिक जहाजसँग ठोक्किएर यात्रुवाहक डुङ्गा डुब्दा ११ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ बैशाख २०८२, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट