विराटनगर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ।
प्रदेश कमिटी अध्यक्ष सरिता खड्काले जनजीविकाको सवालमा विभिन्न माग राखेर आइतबार मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन् । उनले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाइएको बताइन् ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले सक्ने जति मागहरू पूरा गर्ने र अरु मागहरुलाई पनि क्रमिक रुपमा पूरा गरिने बताए । सो कार्यक्रममा पूर्व मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई पनि सहभागी थिए।
उनले अहिले सरकारको नीति कार्यक्रम र बजेट बनाउने बेला भएकाले आफ्नो पार्टीले राखेको माग सम्बोधन गर्न सजिलो हुने बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यक्रम अन्तर्गत आज मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीर्घकालीन विकासका लागि पूर्वाधार नीतिमा मुख्यमन्त्री कार्कीकाे जाेड